निषेधाज्ञाको पहिलो दिन नागढुंगा नाकाबाट सवारी साधन फर्काइए : सवारीको लाइन !

दियो पोस्ट  

काठमाडौं, ४ भदौ । काठमाडौं सहित तीन जिल्लामा निषेधाज्ञा जारी गरेपनि राजधानी प्रवेश गर्ने नाकाहरुमा निकै कडाई गरिएको छ ।

राजधानी काठमाडौं प्रवेश गर्ने नागढुंगा नाकामा आधिंकाश सवारी साधन फर्काइएको छ ।
मालबाहक सवारी साधन लगायत सवारी सवारी साधन फर्काएको एक प्रहरीले बताए ।

प्रहरीका अनुसार अत्यावश्यक सवारी साधन एम्बुलेन्स, खानेपानी, सञ्चारकर्मीलाई भने नाकाबाट प्रवेशमा रोक लगाइएको छैन ।

कोरोना भाइरस कोभिड १९ को महामारी शुरु भएपछि स्थानिय प्रशासनले काठमाडौं सहित ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी गरेको थियो ।


नागढुंगा तल रहेको झ्याप्ले खोलामामा सवारी साधन रोकिएपछि लामो जाम भएको छ । सवारी साधनको लाइन निकै लामो देखिएको छ ।

शुरुंग मार्ग नजिकै रहेको प्रहरीको चेक प्वाइन्टबाट अधिकांश गाडी फर्काइएका छन् ।

सम्बन्धित खबर

ट्रेन्डिङ