प्रहरीले बैंकका सिइओलाई समेत रोक्यो : काठमाडौं उपत्यकामा सबै बैंक बन्द गर्न निर्देशन

दियो पोस्ट  

काठमाडौं, ४ भदौ । निषेधाज्ञा उलंघन गरेको आरोपमा प्रहरीले बैंकका सिइओहरुलाई समेत कारबाही गरेको भन्दै बैंक सञ्चालकहरुले बैंक नै बन्द गरेका छन् । प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको हो ।

काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा पालना गराउन सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीहरुलाई रोकेका छन् ।
सोही कारण नेपाल बैंकर्स संघका अध्यक्ष भूवन दाहालले सोही कारण बैंक बन्द गरेको सञ्चारमाध्यमलाई बताएका छन् ।
संघका अध्यक्ष दाहालले उपत्यकाका सिडिओसँगको समन्व्यमा काठमाडौंमा ५, भक्तपुरमा १ र ललितपुरमा २ वटा गरी ८ वटा शाखा खोल्न दिने सहमति भएको बताए । परिचय पत्रका आधारमा बैंकमा आउजाउ गर्न दिने भनिएपनि प्रहरीले रोको उनीहरुको आरोप छ । यद्धपी अस्पताल र बैंकमा नै सबैभन्दा बढी संक्रमण भएपछि प्रहरीले बैंकका कर्मचारीलाई रोकेको हो ।

सम्बन्धित खबर