नेपाली सेनाको स्काई ट्रक मार्फत राहत लिएर गृहमन्त्री बादल, नेता रावल र भट्ट अछाम प्रस्थान

दियो पोस्ट  

काठमाडौं, ५ भदौ । गृहमन्त्री राम बहादुर थापा बादल राहत सामग्री लिएर अछामको रामारोशन गाउँपालिका प्रस्थान गरेका छन् । नेपाली सेनाको स्काई ट्रक हेलिकोप्टर मार्फत उनी काठमाडौंबाट अछाम तर्फ प्रस्थान गरेका हुन् । टोली सर्खेतमा अवतरण गर्ने र सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत् अछाम पुग्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

टोलीमा गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा नेता एवम् सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल रहेका छन ।

अछाम लगिएका राहत सामग्रीहरु धेरैजसो नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराइदिएको छ । नेकपा नेता एवम् सांसद भीम रावलले पनि ११ वटा त्रिपालको व्यवस्था गरेका छन् । १ हजार ५५ किलो राहत सामग्रीमा खाद्यान्न, भाँडाकुँडा, त्रिपाललगायतका सामग्री छन् ।

अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा गत बुधबार आएको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् । बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको भएपनि हालसम्म केही भेटिएको छैन ।

TATA ADD