काठमाडौं, ५ भदौ । मन्त्रिपरिषदले आगामी भदौ १६ गतेदेखि नियमित रुपमा अनतर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको छ ।
सरकारले पिसिआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडाउनमार्फत् यात्रु ल्याउन भने नपाउने निर्णय गरेको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय भएको जानकारी गराएका छन् ।
पिसिआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भन्दै सरकारले उक्त निर्णय गरेको हो । त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिने जनाएको छ । भदौ १६ देखि हुने उडान तालिका पर्यटन मन्त्रालयले तयार पोर्न जम्मा पाएको छ ।