काठमाडौँ, भदौ ६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक (पीएसओ) लाई कोरोना भाइरस कोभिड १९ संत्र,मण पुष्टि भएको छ ।
पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको नेपालका स्वकिय सचिव मोहन गौतमले बताए । यद्धपी नेपाल सहित अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना पोजिटिभ भएका नेपालका अंगरक्षकलाई आइसोलेशनमा राखिएको छ ।