काठमाडौं, ६ भदौ । सकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हालसम्म १३ अर्ब बढी रकम खर्च गरेको पाइएको छ।
शुक्रबार अर्थ सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले साउनसम्म सरकारले कोरोना नियन्त्रण र उपचारका लागि १३ अर्ब ३६ करोड ७० लाख खर्च भएको दिए ।
खर्च विवरण अनुसार संघीय सरकारले मात्रै ५ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको छ । कोरोना नियन्त्रणको लागि फ्रन्टलाइनमा रहने स्वास्थ्य मन्त्रालय भन्दा रक्षा मन्त्रालयले सबैभन्दा बढी रकम खर्च गरेको छ ।
स्वास्थ्य मन्त्रालयले २ अर्ब १७ करोड खर्च गरेको देखिएको छ भने रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड खर्च गरेको छ । त्यस्तै गृहमन्त्रालयले भने २० करोड ८३ लाख खर्च गरेको छ । पर्यटन मन्त्तालयले ४ करोड ४९ लाख सहरी विकास मन्त्रालयले ४ करोड ४९ लाख खर्च गरेको देखाएको छ । यता परराष्ट्र मन्त्रालयले ६ लाख रुपैयाँ मात्रै खर्च गरेको जनाएको छ ।
सबैभन्दा धेरै स्थानिय तहले खर्च गरेका छन् । स्थाीय तहले ६ अर्ब २ करोड रुपैयाँ खर्च गरेका छन् । प्रवक्ता खतिवडाका अनुसार यी सबै रकम औषधी र स्वास्थ्य सामग्री खरिदमा सकिएका हुन् र यद्धपी हाल कोरोना संक्रमित विरामी आइसियु र भेन्टिलेटर नपाएर छटपटिदै मरिरहेका छन् ।
प्रदेश सरकारले भने कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि १ अर्ब ४९ करोड ७० लाख खर्च गरेका छन् ।