धादिङ, ६ भाद्र । कोरोना भाइरस कोभिड १९ को महामारीसँग मुलुक यतिबेला लडाईमा छ । स्थानिय प्रशासनलाई सरकारले संक्रमको जोखिम हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार दिएको छ । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ ।
धादिङ जिल्ला प्रशासन कार्यालयले पनि संक्रमणको जोखिम रहेको स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ । सरकारले भिडभाड नगर्न र चाडपर्वसमेत घरैमा मनाउन निर्देशन दिइहरेकोबेला धादिङको ज्वालामुखि गाउँपालिका अध्यक्ष विनोद तिमिल्सिना भने पार्टी प्रवेश गराउँदै हिँडढेका छन् ।
नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित तिमिल्सिनालाई चुनावताका पूर्व माओवादीले समेत सघाएको हो ।
धादिङको ज्वालामुखी गाउँपालिका (५ स्थित खरीमा तिमिल्सिना सहभागए भएर पार्टी प्रवेश गराएको पाइएको छ । नेकपा परित्याग गर्ने २७ जनालाई पार्टीको परिचय पत्र नै तिमिल्सिनाले प्रदान गरेका थिए ।
शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ठूलो भिडभाड समेत भएको थियो । भिडभाड जम्मा गर्नेमाथि कारबाही गर्नुपर्ने निकायको अध्यक्षबाटै संक्रमण फैलाउने गतिविधि भइरहेको भएपनि स्थानिय प्रशासन बेखबर छ ।