काठमाडौं, ७ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४३ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २ सय ४६ जना महिला र ४ सय ९७ जना पुरुष गरी ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।