काठमाडौं उपत्यकामा ३ सय १ जना कोरोना संक्रमित थपिए !

दियो पोस्ट  

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय १ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।

बुधबार देशभर ८ सय ८५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको छ। पछिल्लो २४घण्टामा ११ जनाको निधन भएको छ ।

सिफारिस