काठमाडौं, ११ भदौ । अर्थ सुचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सामाजिक सञ्जालले नै नियुक्त दिएको बताएका छन् ।
मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तरमा उनले यस्तो बताएका हुन् ।
‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ती दिएको होला । सरकारले दिएको छैन,’ उनले भने,‘सामाजिक सञ्जालले दिएको नियुक्ती सरकारलाई थाहा हुने कुरा भएन । तर, औपचारिक प्रस्ताव पनि छैन । त्यो लेखाईमा बोलाई र सुचनामा कुनै सत्यता छैन ।’
यसअघि घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा पुनरनियुक्ती दिएको हल्ला चलेको थियो ।