काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५ सय ६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ।
संक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ रहेको छ। हाल देशभर क्वारेन्टिन ९ हजार ४ सय ८८ जना रहेका छन्।