काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४१५ जना कोरोना संक्रमित थपिए

दियो पोस्ट  

काठमाडौँ, १२ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एकै दिन ४१५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना गरी ४१५ जना नयाँ संक्रमित थपिएका हुन्।

काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता संक्रमितको संख्या बढिरहेको छ।

देशभरिका पछिल्लो २४ घन्टामा ९२७ जना नयाँ संक्रमित थपिएका छन्।

सिफारिस