काठमाडौं : सिसिएमसीको बैठकमा चिया पुर्याउने व्यक्तिलाई कोरोना भाइरस संक्रम देखिएपछि सरकारका दुई ठूला मन्त्री समेत होम आइसोलेशनमा पुगेका छन् । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा कोभिड १९ को कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
केहीदिनअघि सीसीएमसीको बैठकमा चिया बोक्ने एक जनामा कोभिड १९ संक्रमण देखिएको पाइएको छ । त्यसपछि नै उनीहरु होम आइसोलेशनमा बसेको खबर छ । उनीहरुकै कारण नेकपाको सचिवालय बैठक समेत प्रभावित भएको छ ।
उनीहरुको उपस्थिति नभएको भन्दै सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको छ।