चिया खुवाउनेलाई कोरोना देखिएपछि प्रधानसेनापति पुर्णचन्द्र थापा क्वारेन्टाइनमा !

दियो पोस्ट  

काठमाडौं, १३ भदौ । सिसिएमसीको बैठकमा चिया तथा खाजा ल्याउने व्यक्तिलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएपछि नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा समेत होमक्वारेन्टाइनमा बसेका छन् ।


यसअघि गृहमन्त्री राम बहादुर थापा बादल र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल आइसोलेशनमा बसेका थिए ।


छाउनी स्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को सचिवालयमा कार्यरत ती कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि प्रधानसेनापति थापा होम क्वारेन्टइनमा बसेका छन् ।


सीसीसीएमसीको सचिवालय बैठक गत आइतबार २ घण्टा बसेको थियो । त्यहाँ सहभागी सबै जनाको पिसिआर परिक्षण गरिएको छ ।

TATA ADD