स्वास्थ्य मन्त्री भानुभक्त ढकाल नै क्वारेन्टाइनमा !

दियो पोस्ट  

काठमाडौं, १३ भदौ । सिसिएमसीको बैठकमा चिया तथा खाजा ल्याउने व्यक्तिलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएपछि स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पनि क्वारेन्टाइनमा बसेका छन् ।
यसअघि गृहमन्त्री राम बहादुर थापा बादल र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल आइसोलेशनमा बसेका थिए ।


छाउनी स्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को सचिवालयमा कार्यरत ती कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि त्यसपछि ढकाल पनि आइसोलेशनमा बसेका हुन् ।

सीसीसीएमसीको सचिवालय बैठक गत आइतबार २ घण्टा बसेको थियो । त्यहाँ सहभागी सबै जनाको पिसिआर परिक्षण गरिएको छ ।

सिफारिस