काठमाडौं, १३ भदौ । लोकसेवा आयोगले यस वर्ष निजामति कर्मचारीका लागि विज्ञापन नखोल्ने भएको छ ।
आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलउाने निर्णय गरेको थियो तर कोरोना भाइरसको संक्रमण बढेपछि नखोल्ने तयारी गरेको हो ।
शनिबारको नागरिक दैनिकमा भुवन शर्माले लखेका छन्– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिस्थिति सहज नभए आयोगमा रिक्त पदको विवरण नपठाउने भएको छ ।
यद्यपि मन्त्रालयले रिक्त पदमा विवरण संकलन भने सुरु गरेको छ ।
आयोगले विज्ञापन खुलाउनुअघि संघीय मन्त्रालयले रिक्त पदको विवरण पठाउनुपर्छ । मन्त्रालयले पठाएको पदको विवरणका आधारमा आयोगले विज्ञापन खुलाउँछ ।
संघीय मामिला मन्त्री हृदयेश त्रिपाठीले आयोगमा रिक्त पदको विवरण आयोगमा पठाउने किन नपठाउने भन्नेबारे निणएय नभएको बताए ।