जात व्यवस्था अन्त्यका लागि युवाहरु संगठित

दियो पोस्ट  

काठमाडौं, १३ भदौ । ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेपाल’को ‘जात व्यवस्था उन्मुलन मोर्चा,नेपाल’ अन्तर्गत ‘बागमती उपत्यका सम्पर्क समिति’ गठन भएको छ । लकडाउनका कारण भर्चुअल माध्यम जुममा आयोजित भेलाले पार्टीका केन्द्रीय सदस्य महावीर विश्वकर्माको संयोजकत्वमा समिति गठन गरेको हो ।


५ जना पछि थपिने गरि २५ सदस्यीय समिति गठन गरिएको समितिका संयोजक महावीर विश्वकर्माले बताउनुभयो ।


“नेपाली समाजको सबैभन्दा जटिल समस्या नै जात व्यवस्था भएकोले त्यसको अन्त्य नगरिकन कुनै पनि उत्पीडित वर्ग, समुदायको मुक्ति सम्भव छैन” विश्वकर्माले भन्नुभयो, “मुक्तिका लागि ठीक राजनीतिक विचारमा संगठित हुनु मात्रै एउटा विकल्प हो । हामी युवाहरु वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको विचारमा आवद्ध भएर अघि बढेका छौँ ।”


यो समितिमा देशका विभिन्न भागबाट काठमाडौंमा आएर क्रियाशील रहेका, सो पार्टीको ‘जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल’ अन्तर्गतका सदस्यहरु रहने छन् । समितिले प्रदेश सम्पर्क समिति, जिल्ला सम्पर्क समिति बनाउँदै अगाडी बढ्नेछ ।

आजको भेलाले प्रदेश सम्पर्क समिति बनाउनको लागि चन्द्र मोतेलाई १ नम्बर प्रदेशको, राजकुमार मालेलाई २ नम्बर प्रदेशको, रेखा विश्वकर्मालाई बागमती प्रदेशको भेला संयोजनको जिम्मा दिएको छ । यसैगरिरुपा सुनारलाई गण्डकी प्रदेशको, कृति आर्यन विश्वकर्मालाई ५ नम्बर प्रदेशको, टीका सोनीलाई कर्णाली प्रदेशको र ज्ञानेन्द्र विश्वकर्मालाई सुदुरपश्चिम प्रदेशको जिम्मेवारी दिएको छ ।


आज सम्पन्न भेलामा जात व्यवस्था उन्मुलन मोर्चा, नेपालका संयोजक राजकुमार हिङमाङले नेपाली समाजमा जात व्यवस्थाको पकड बारे विचार राख्नुका साथै मोर्चाको अवधारणा र संगठनात्मक नीति बारे बोल्नुभएको थियो ।


मोर्चाका २ नम्बर प्रदेशका संयोजक दीपनारायण दास, गण्डकी प्रदेशका संयोजक यम रसाइली, ५ नम्बर प्रदेशका संयोजक विवेक विश्वकर्मा, कर्णाली प्रदेशकी संयोजक सीता नेपाली र सुदुरपश्चिम प्रदेशका संयोजक ज्ञानेन्द्र विश्वकर्माले भेलालाई सम्बोधन गर्दै नेपालको दलित आन्दोलनको चुनौती र संगठित राजनैतिक आन्दोलनको महत्वबारे बोलेका थिए ।

समितिमा प्रदेश १ बाट चन्द्र मोते (खोटाङ्ग), कमला विश्वकर्मा (उदयपुर), ध्रुव परियार (खोटाङ्ग) र उषा रसाइली (उदयपुर) रहनुभएको छ । प्रदेश २ बाट राजकुमार माले (सर्लाही) र सफल दर्नाल (सर्लाही) रहनुभएको छ । बागमती प्रदेशबाट रेखा विश्वकर्मा (मकवानपुर) र कल्पना दुलाल (सिन्धुली) रहुनभएको छ ।


यसैगरि गण्डकी प्रदेशबाट रुपा सुनार (तनहुँ), कृष्ण काफ्ले (नवलपुर) र विश्वदीप बसेल (नवलपुर) रहनुभएको छ । प्रदेश ५ बाट कृति आर्यन विश्वकर्मा (रोल्पा) रहनुभएको छ भने कर्णाली प्रदेशबाट टीका सोनी (सुर्खेत), पार्वती तिरुवा (दैलेख), सुनिल नेपाली (रुकुम पश्चिम) र विक्रम सुनार (सुर्खेत) रहनुभएको छ । र, सुदुरपश्चिम प्रदेशबाट ज्ञानेन्द्र विश्वकर्मा (अछाम), पुजा सुनार (कैलाली) र पुरन वि.क. (बझाङ) रहनुभएको छ ।

सिफारिस