बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

दियो पोस्ट  

बुटवल, १४ भदौ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आइतबार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको दिउँसो उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन डा‍ सुदर्शन थापाले बताए।

मृतकमा पहिलेदेखि नै मुटुरोग, मधुमेह र प्रेसरको रोग रहेको अस्पतालले जनाएको छ । बुटवल उपमहानगरमा अहिलेसम्म कोरोनाबाट तीन जनाको मृत्यु भइसकेको छ ।