उखुबारीमा भेटियो ४० वर्षिय महिलाको शव, अज्ञात समुहद्वारा कुटपीटको आशंका !

दियो पोस्ट  

रौतहट, १५ भदौ । रौतहटको गढिमाई नगरपालिका – ३ लक्ष्मीपुरमा ४० वर्षिय मिन्त्री देवीको शव फेला परेको छ ।

स्थानिय सकल बैठाको श्रीमती देवीको शव उखु बारीमा फेला परेको हो ।
स्थानियबासीले उनको शव सलले घाँटी बेरेको अवस्थामा देखेका हुन् । उनीमाथि अज्ञात समुहले कुटपीट गरेको समेत खुलेको छ ।


रौतहटका सांसद तथा पूर्व मन्त्री प्रभु शाहका अनुसार यो घटनाले रौतहटको शान्ति सुरक्षामा गम्भिर प्रश्न खडा गरेको छ । ‘केही दिन यता शृंखलाबद्ध रुपमा भईरहेको दलित, पुजारी र महिलाको हत्यालाई जति निन्दा गरे पनि कम हुन्छ,’ शाहले भने,‘सामाजिक न्यायको लागि संघर्षरत हाम्रो समाजमा मानवतालाई नै लज्जित तुल्याउने यि हत्या शृंखलाले रौतहटको शान्ति सुरक्षा माथी गम्भिर प्रश्न खड़ा मात्र गरेको छैन सिंगै सरकारको सुशासित भूमिका माथी नै प्रश्न उठ्न थालेको छ । यस सन्दर्भमा नेपाल सरकारको भुमिकालाई अझ प्रभावकारी बनाई आम जनताले अनुभूत गर्ने गरी शान्ति सुरक्षाको स्थितिमा बदलाव लयाऊन र दोषीलाई कड़ा कार्वाही गर्न नेपाल सरकार संग विशेष आग्रह गर्दछु ।’

सिफारिस