शिक्षा क्षेत्रमा सुधार नगरीकन नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन सकिँदैनः प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहाल प्रचण्डले शिक्षा क्षेत्रको सुधारबिना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताएका छन् । सोमबार महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समाजवादको निर्माण नै शिक्षा भएको बताए ।

‘शिक्षा क्षेत्रमा सुधार नगरीकन नेपाली समाजलाई अनुशासित, सम्मृद्ध र सुसंस्कृत बनाउन सकिँदैन, नेपालको उत्पादन प्रकृयालाई समाजवादउन्मुख बनाउन सकिँदैन’, अध्यक्ष प्रचण्डले भने, ‘त्यसकारण हाम्रो शिक्षालाई उत्पादनमुखी बनाउनेतर्फ ध्यान गएको छ ।’ समाजवाद यात्राको चेतना नै शिक्षा भएकाले सोही अनुसारको शिक्षा जरुरी हुने अध्यक्ष प्रचण्डले बताए । . पुग्न सकिने प्रचण्डको भनाइ छ ।

सम्बन्धित खबर