सम्मानजनक ढंगले सिट बाँडफाँड नभए गठबन्धनको औचित्य छैन : अध्यक्ष यादव

दियो पोस्ट  

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा)नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँड नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन्।

मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको वीरगन्जमा कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँड नभए दलहरूबीच गठबन्धनको औचित्य नरहने बताए।

उनले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग माग गरेको र सोही विषयमा दलका शीर्ष नेताहरूबीच छलफल चलिरहेकोसमेत जानकारी दिए। सिट बाँडफाँडको विषयमा सहमति नभएका विषयलाई चाँडै नै शीर्ष नेतृत्वले किनारा लगाएर आसन्न निर्वाचनको तयारीमा जुट्ने अध्यक्ष यादवले बताए। सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले सिट बाँडफाँडको विषय चाँडै टुंगाेमा पुग्ने विश्वास व्यक्त गरे।

रासस

सिफारिस