सुनकोशी गाउँपालिकाको भाग्य र भविष्य कोर्दै तामाङ र अधिकारी

न्यायिक समिति सक्रिय – भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षामा सुधारसँगै आमूल परिवर्तनको लक्ष्य

diyopost.com
युवराज पहाडी
  आइतबार, भाद्र २६, २०७९ | १६:४८:३५

ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिकामा स्वास्थ्य, शिक्षामा मात्र होइन विकासका पूर्वाधारमा पनि सुधारको संकेत देखिन थालेका छ । प्रशासनिक र सुशासनमा व्यापक सुधार गराउनु पर्छ भन्ने पालिकाका अध्यक्ष कमल तमाङ र उपाध्यक्ष सुनिता अधिकारीको पहिलो प्रयास जारी छ । सुनकोसी गाउँपालिकाको विकासमा आमुल परिवर्तन मेरो सपना हो भन्दै अध्यक्ष तमाङले विकासको नमुना दिन संघर्ष गरिरहेका छन् ।

पालिकाका १० वटा वडामा कतै उनी डोजरसँग भेटिन्छन् त कतै स्वास्थ्य संस्थामा । शिक्षा सुधारमा उनले कडाई गर्न थालेका छन् । पालिका भित्रका बाटोहरुमा वर्षात्को समयमा गुड्ने साना–ठूला गाडिहरुम पहिरो खसेर रोकिदा अध्ययक्ष तामाङ डोजर लिएर आफै खटिन पुग्छन् । विकटताका कारणले विकासमा अलमलमा परेका अध्यक्ष तमाङ र उपाध्यक्ष अधिकारी आफ्नो गति बढउने तयारीमा छन् ।

आफ्ना सम्पूर्ण नागरिकलाई कुनैपनि काममा वाधा नपुगोस् भन्ने उनिहरुको चाहना छ । सुनकोसी गाउपालिकाले समृद्ध गाउँपालिकाको लागि जस्तो सुकै जोखिम मोल्न पनि तयार छ, भन्ने सन्देश प्रवाह गरिरहेको छ ।

अध्यक्ष तमाङ र उपाध्यक्ष अधिकारी कहिले किसानका खेतबारीमा त कहिले खानेपानीका मुहानमा भेटिन्छन भने बिकासमा आमुल परिवर्तनका लागि सुशासनमा सुधार हुनुपर्नेमा जोड दिएका छन । त्यसैको उदाहरण उजुरी परेको केही दिनमा न्यायीक समितिले एकै दिन २ वटा मुद्दा फर्छ्यौट गरेको छ । समितिमा परेको भरणपोषण खर्च सम्बन्धी र सार्वजनिक चौतारा भत्काइएको विषयको उजुरी शुक्रबार फर्छ्यौट भएको हो ।

गाउँपालिकाले वडा नं ५ का शिक्षक वीरबहादुर तमाङकी जेठी श्रीमती डोल्मा तमाङले भरणपोषण खर्च भराइपाउँ भनी दिएको उजुरी फैसलामा जेठी श्रीमतीले मासिक ८ हजार र एउटा घर तथा घरले ओगटेको जग्गा उपभोग गर्न पाउनेगरी मिलापत्र गरेर टुंगाएको छ ।
अंशबण्डा पश्चात कानुन अनुसार निवेदकले जति भागमा आउँछ त्यति लिनेगरी फैसला गरेको छ । स्थानीय तहमा नयाँ सरकार आएपछि भरणपोषण खर्च सम्बन्धी मुद्दा

न्यायिक समितिबाट पहिलो पटक हामीले टुङगो लगाएर जिल्लामा पहिलो बनेका छौ भन्दै गाउपालिका उपाध्यक्ष अधिकारीले खुसी ब्यतिm गरिन् । डम्बर बहादुर तमाङले वडा नं ५ मा सडक निर्माण गर्ने क्रममा सार्वजनिक चौतारा भत्काइएको विषयमा भत्किएको चौतारा पुरानै आकारको बनाउने गरी मुद्दा टुंगिएको हो भन्दै अधिकारीले भनिन्, “हाम्रा पाठी पौवा, धार्मिक तथा सांस्कृतिकको संरक्षणमा हाम्रो सरकार सचेत छ । उधिकारीले अघि भनिन्, हामी प्रत्येक दिनको परिणाम खोजिरहेका हुन्छौं किनभने हामीले यो पालिकाका नागरिकलाई सुखी र समृद्ध बनाउँनु छ । हाम्रो चुनावी घोषणापत्र अनुसार हरेक दिन सकारात्मक परिणाम दिन आतुर छौं ।”

साथै अध्यक्ष तमाङले भने,“ यो मैले गर्न खोजेको मोटरबाटो स्तरउन्ती हाम्रो भविष्य हो । यो मैले बोकेको कलम र मैले पहिरोमा डोजर लगेर पल्टाएका ढुङ्गा मेरो जिम्मेवारी हो । तर बुझ्नलाई निक्कै समय लाग्न सक्छ । मानिस दुधले नुहाएको हुँदैन, केही न केही कमी कमजोरी अवश्य हुन्छ। नराम्रो बानी परित्याग गर्नु भन्ने शुभचिन्तकहरुको सल्लाह र सुझावलाई अक्षराशं पालना गर्ने छु । ताकी ५ बर्षपछि बाँकी रहेको विकासमा वहस गर्ने नै छौं ।

भिजन बिना गरेको विकास दिगो हुदैन विकास सधैं वारी हुन्छ  । सपना पारी  । सपना र वास्तविकता बीचमा चुनौती र समस्याहरुको भेल बहिरहेको हुन्छ । त्यही भेल तर्नलाई एउटा पूल चाहिन्छ । त्यही पूल निर्माणमा श्रमको खाँचो पर्दछ । जुन हामी मिलेर गरि रहेकाछौं, गरिरहने छौं । ” समृद्ध पालिका निमार्णमा अध्यक्ष तमाङ र उपाध्यक्ष अधिकारीका साथमा पालिकाको वडा नम्बर १ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता प्रकाश सापकोटाको अग्रसरता व्यापक छ भन्ने सर्व साधारणले भनिरहेका छन् ।

सम्बन्धित खबर