काठमाडौं । कैलालीमा गत भदौ २१ गते देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि बलात्कार भएको छ । घोडाघोडी नगरपालिकाको सुखडमा देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामूहिक बलात्कार भएको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार देउडा हेर्न गएका बेला खाजा खाने भनेर उनलाई आरोपीहरुले होटलमा लगेर बियर खुवाएको पाइएको छ ।