बाढीको चपेटामा परेको पाकिस्तानलाई नेपालले २ करोडको राहत दिने

दियो पोस्ट  

काठमाडैं । बाढीको चपेटामा परेको पाकिस्तानलाई नेपालले २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिने भएको छ। गृह मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै मन्त्रीस्तरीय निर्णयबाट पाकिस्तानलाई राहत सामग्री दिन लागेको जानकारी दिएको हो ।

पाकिस्तानमा बाढीका कारण गत जुनयता झन्डै एक हजार मानिसको मृत्यु भएको छ। यसपालिको मनसुनमा पाकिस्तानभरि बाढीले विध्वंश मच्चाएको छ। सिन्ध, बलुचस्तान, खैबर पख्तुनख्वाहमा सबैभन्दा धेरै असर परेको छ।

सम्बन्धित खबर