नेपालको चुच्चे नक्सा नस्वीकारेको भन्दै बालेनको चीन भ्रमण रद्द

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो चीन भ्रमण रद्द गर्नुभएको छ । चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग भारततिर देखाएको भन्दै उँहाले आफ्नो भ्रमण रद्द गनुभएको हो ।

चीनको निमन्त्रणामा पर्यटन प्रर्वद्धन तथा संस्कृति आदाप्रदानका लागि बिहीबार दिउँसो बालेन बेइजिङतर्फ जाने तय भएको थियो । ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलमाथि चालेको गलत कदम मानेका छौं । त्यसैले मेरो चीनको निमन्त्रणामा हुँदै गरेको पाचँ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छ,’ उहाँले भन्नुभएको छ । नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा नयाँ नक्सा संसद्बाट पारित गरेको थियो ।

आजको हिमालय टाइम्स पत्रिकामा खबर छ ।