काठमाडौं । मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा पर्ने सोखु खोलाले हरेक वर्ष चार जिल्लाका यात्रुलाई सास्ती दिने गरेको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–८ रत्नावतीस्थित सोखु खोलामा वर्सातको समयमा आउने भल बाढीले खोटाङ, ओखलढुङ्गा, सोलखुम्बु र भोजपुरबाट काठमाडौं आवतजावत गर्ने यात्रुहरुले सास्ती खेप्नु परेको हो ।
खोला तर्न नसकेर एकातिर यात्रु छट्पटाई रहन्छन्, अर्कोतिर १२ वर्षअघि निमार्ण सुरु भए पनि ठेकेदारको लापरबाहीले अलपत्र परेका पुलले गिज्याइरहन्छ । मध्यपहाडी राजमार्गको खुर्कोटघुर्मी सडकखण्डमा पर्ने सोखु खोलामा पुल निमार्ण सुरु भएको १२ वर्ष भयो तर अहिलेसम्म पुल निमार्ण सम्पन्न नहुँदा हरेक वर्ष चार जिल्लाका यात्रुले सास्ती खेपिरहनुपरेको छ । पुल निमार्ण नहुँदा जिल्लाबाट काठमाडौं वा काठमाडौंबाट जिल्ला हिँडेका यात्रु हरेक दिनजसो बाटोमै अलपत्र पर्ने गरेका छन् । गाडी सोखु खोला तर्न नसक्दा एक दिनमा सकिने यात्रा दुई दिनअघि खोटाङ आएका यात्रु धनकुमार तामाङले बताउनुभयो । केही दिन खोटाङ आउनुभएका तामाङ करिब आठ घण्टा सोखु खोलामा थुनिएको सुनाउनु हुन्छ ।
सामान्य पानी परेसँगै सोखु खोलामा बाढी आउन सुरु हुन्छ । खोलाम बाढी आएर सवारीसाधन वारपार गर्न नसकेपछि यात्रुको बिजोग हुने गरेको छ । चार जिल्लाका यात्रु अरु समय बिहान यात्रामा निस्केर साँझसम्म गन्तव्यमा पुग्ने गरेका छन् तर बर्सातको समयमा सोखुखोलाको बगरमै दिन–रात बित्ने गरेको यात्रुहरु बताउँछन् ।
आजको गोरखापत्र पत्रिकामा खबर छ ।