विदेशबाट प्राध्यापक ल्याएर स्नातकोत्तरमा पढाउने तयारी गर्दै नेपाल विश्वविद्यालय

दियो पोस्ट  

काठमाडौं । अन्य विश्वविद्यालयभन्दा फरक धार बोकेर सरकारबाट सञ्चालनको अनुमति पर्खिरहेका नेपाल विश्वविद्यालयले विदेशबाट प्राध्यापक ल्याएर कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा १४ जना विदेशी प्रध्यापक ल्याएर स्नातकोत्तर तहको कक्षा सञ्चालनको तयारी गरिएको विश्वविद्यालय पूर्वधार विकास समितिले जनाएको छ ।

विश्वविद्यालयले कानुनअनुसार सबै संकाय सञ्चालन गर्न सक्छ । मूलतः विज्ञान संकाय र मानविकी संकायका कक्षा सञ्चालन गर्न जनाएको छ । स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढाइ हुनेछ ।

कति महँगो ?

सदस्य आचार्यका अनुसार कोही पनि जेहेनदार विद्यार्थी पढ्न वञ्चित हुँदैनन् । सुरुमा यसमा कति विद्यार्थी पढाउने भनेर कोटा तय गरिनेछ । उनका अनुसार यसमा पर्याप्त छात्रवृत्ति हुन्छ । ‘छात्रवृत्तिबाहेलाई सामान्य शुल्क तोकिनेछ । न्यून आय भएका परिवारलाई पूर्ण रुपमा छात्रवृत्ति दिइनेछ । यो विश्वविद्यालयलाई निजी कम्पनी र संघसंस्थाबाट छात्रवृत्ति आउने बताइएको छ । सरकारले राम्रो पैसा दियो भने शुल्क कम हुन्छ, यो सार्वजनिक विश्वविद्यालय हो, आचार्यले भने, ‘तर नाफामूलक होइन, यसको उपकुलपति, २१ जनाको परिषद् र ६ जना सरकारी निकायका पदेन हुन्छन् ।

आजको नयाँ पत्रिकामा खबर छ ।

 

 

सिफारिस