ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुजन नगरकोटी रहेका छन् ।

नगरकोटीले ती किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका–२ त्रिवेणीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।