नेकपा एसको सचिवालय बैठक आह्वान

दियो पोस्ट  

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो सचिवालय बैठक आह्वान गरेको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बैठक आह्वान गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिए ।

उनका अनुसार उक्त बैठकमा आगामी माघमा तय भएको पार्टीको महाधिवेशनको तयारीबारे पनि छलफल हुनेछ ।

सिफारिस