म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ केजी ७ सय ग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत जलजला गाउँपालिका–३ वारीबेनी बस्ने २० वर्षीय सुमित परियारसहित ३ जना रहेका छन् ।
प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त गाँजासहित शनिबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।