दाङमा १३ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

दाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–१ चिसापानी बस्ने ४० वर्षीय राम बहादुर खनाल रहेका छन् ।

खनालले भदौ ४ गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

खनाल राप्ती गाउँपालिका–२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयमा कार्यालय सहयोगी तथा सह–चालकको रूपमा कार्यरत थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस