ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

दियो पोस्ट  

काठमाडौं । ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका–११ ठेगाना भएका ३० वर्षीय सुमन थापा मगर (निरज मगर)लाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग कसूरमा संलग्न रेहका उनी फरार थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो ।

उनलाई ज्यान मार्ने उद्योग कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।