कञ्चनपुर । कञ्चनपुरमा अवैध लागूऔषधसहित एक जना पक्राउ पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखा पुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ९५ मिलिग्रामसहित एक जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्र्नेमा सोही नगरपालिका–४ आमबगैया बस्ने ३८ वर्षीय राम सिंह बुडाल रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको म.२ प ८४१५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।