बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

बागलुङ । बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–१ पाला बस्ने ५४ वर्षीय जित बहादुर किसानको करेन्ट लागेर गएराति मृत्यु भएको छ ।

आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा आइतबार बेलुकी करेन्ट लागेर गम्भीर घाइते भएका उनको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।