
झापा । झापा दमकका डाक्टर उज्ज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ ।
उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो १–०२–००२ च ४१६६ नम्बरको कार राखेर वेपत्ता भएका उनको त्यसबेला प्रहरीले कारसहित उनले लगाएको जुत्ता र उनको मोबाइल सप्तकोशी नदी किनारमा भेट्टाएको थियो ।
उनको शव सुनसरीको वराहक्षेत्र २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।
उनी झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए । डाक्टर कोइराला १० गते सोमबार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको थियो ।