कैलालीको छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

कैलाली । कैलालीको विभिन्न स्थानबाट अवैध लागू औषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुर बस्ने २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका–११ बस्ने २७ वर्षीय अर्जुन चौधरी अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थ करिब २ सय मिलिग्रामसहित बुधबार दिउँसो पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा नरेशको कोठाबाट थप ५ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको छ ।

यसैगरी कैलालीकै लम्कीचुहा नगरपालिका–१ टिकापुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय ५० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४७ वर्षीय सुरेश शाहीसहित २ जना रहेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित बुधबार दिउँसो पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस