पोखरीमा डुबेर एक जनाको मृत्यु

दियो पोस्ट  

नवलपरासी (पूर्व) । पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । नवलपरासी (पूर्व)को देवचुली नगरपालिका–१ गैडाटोल बस्ने ५१ वर्षीया बिष्णु बोटेको सोही ठाउँस्थित माछापोखरीमा डुबेर मृत्यु भएको छ ।

पोखरीमा डुबेर अशक्त भएकी उनको देवचुली नगर अस्पताल दुम्कौलीमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।