काठमाडौं महानगरले दियो वडाध्यक्ष रिजालको निधनमा शोक बिदा

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो ।

रिजालको आज काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारी अनुसार रिजालको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ ।

सम्बन्धित खबर

सिफारिस