जबरजस्ती करणी गरेको आरोपमा छुट्टाछुट्टै ठाउँबाट २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा छुट्टाछुट्टै ठाउँबाट २ जना पक्राउ परेका छन् । झापामा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ टाङटिङ बस्ने २३ वर्षीय विवेक अधिकारी रहेका छन् । विवेकले ती बालिकालाई सोही ठाउँस्थित टाङटिङ खोलाको डिल नर्सरी घारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी दाङमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङ बस्ने १६ वर्षीय किशोर रहेका छन् । किशोरले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी
कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।