
उदयपुर । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना बिहीबार साँझ पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी बराहाक्षेत्र नगरपालिका–२ बस्ने ३१ वर्षीय राजेश तामाङ रहेका छन् ।
तामाङले ती महिलालाई उदयपुर बेलका नगरपालिका–८ धोपास्थित पाखा बारीमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।