आरती शाह हत्या प्रकरणः धर्ना बसेका परिवारका सदस्यद्वारा कपाल मुन्डल गरेर विरोध

दियो पोस्ट  

काठमाडौँ । आरती साहको न्याय मान्दै धर्ना बसेका परिवारले माइतीघर मण्डलमा कपाल कपाल मुण्डन गरेका छन् । साहको परिवारका सदस्यले विरोध प्रदर्शन गरेको ८५ दिन पुग्दा पनि बेवास्ता गरिएको भन्दै शुक्रबार कपाल मुण्डन गरेर विरोध गरेका हुन् ।

धनुषा नगराइन–८ खिरखिरया निवासी २५ वर्षीय साहको दाइजोको कारण परिवारबाट नै हत्या भएको माइती पक्षको दाबी छ । उनको माइती पक्ष घटनाको सत्यतथ्‍य एवं निष्पक्ष छानबिन हुनुपर्ने माग राखी विगत ८५ दिनदेखि माइतीघर मण्डलामा लगातार २४ घण्टे धर्नामा बसिरहेको छ ।

आरती साहको परिवारले कपाल मुण्डन गरेर पीडितका लागि सरकार नभएको वा न्याय मरिसकेको र हिन्दु धर्मअनुसार मरिसकेको मान्छेको नौकेस श्राद्ध गर्ने परम्परा अनुसार कपाल मुण्डन गरिएको धर्नामा बसेका एक सदस्यले बताए ।