मधेस प्रदेश सांसद विन्दु कुमारी यादवको निधन

दियो पोस्ट  

जनकपुर । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ ।

महोत्तरी घर भएकी ४४ वर्षीया यादव दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् ।

उनको आज बिहान साढे ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा निधन भएको हो । उनी समानुपातिक सांसद थिइन् ।