मुखमा समाजवाद बगलीमा आसेपासेवाद

नेताहरुमा बढ्दै गएको अंहकार, सुखसयल, आत्मकेन्द्रित र आसेपासे पुँजीवाद प्रवृत्तिका कारण कांग्रेस विचारविहीन र कार्यक्रमविहिन बन्न पुगेको छ ।

दियो पोस्ट  

काठमाडौं । ‘देशमा प्रजान्तन्त्र आएपछि मोटाघाटा, सुकिलामुकिला, चिल्ला गाडी चढ्नेहरु पार्टीभित्र हाबी हुनेछन् । मेरै बारेमा पनि अनर्गल प्रचार हुनेछ । त्यसका विरुद्ध आम कार्यकर्ताले फेरि एकचोटी संघर्ष गर्नुपर्ने हुन्छ ।’ नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको भनाइ हो यो । ७८ वर्षअघि देशमा प्रजातन्त्र स्थापनासहितका जनहितका लागि बिपी कोइरालासहितका नेताहरुले पार्टी स्थापना गरेका थिए । तर कांग्रेस र तिनका नेताहरु अहिले देश र जनहित होइन। आफु र आफ्नाको हितमा केन्द्रित बन्न पुगेका छन् । बिपी कोइरालाले भनेजस्तै कांग्रेस अहिले सुकिलामुकिला र चिल्ला गाडि हुनेहरुको कब्जामा पर्दा जनजीविकाका मुद्दाहरु ओझेलमा परेका छन् ।

पार्टीको विचार, सिद्धान्त र कार्यक्रम होइन, ‘मनी’ र ‘मसल’का बलमा कांग्रेसमा ‘पोजिसन होल्ड’ गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । लोकतान्त्रिक आन्दोलमा सक्रिय हुने त परेको कुरा कांग्रेसका सामान्य कार्यक्रम, नीति र सिद्धान्तप्रति बेखब र झन्डै दुई दर्जन व्यक्ति प्रतिनिधिसभामा सदस्य छन् । विभिन्न व्यवसाय गरेर मनग्गे पैसा तिरेर कांग्रेससँग पद साटेका छन् । उनीहरुलाई कांग्रेस संगठन निर्माण हुन वा नहुनु र देश बन्नु वा नबन्नुमा कुनै सरोकार छैन । त्यति नै संख्या कांग्रेसमा लागेबापत प्राप्त गरेको पदलाई देखाएर आर्थिक अपार्जन र व्यवसाय सञ्चालनमा सक्रिय छन् । बाँकीमध्येको आधा नेताका प्रत्यक्ष व्यापार, व्यवसाय देखिँदैन तर उनीहरुको आचरण। लवाइखवाइ भड्किलो छ र विभिन्न काण्डहरुमा मुछिएका छन् । देशमा कुनै काण्ड आउनेबित्तिकै कांग्रेस सञ्चालनमा सक्रिय छन् । बाँकीमध्येको आधा नेताका प्रत्यक्ष व्यापार, व्यवसाय देखिँदैन तर उनीहरुको आचरण। लवाइखवाइ भड्किलो छ र विभिन्न काण्डहरुमा मुछिएका छन् । देशमा कुनै काण्ड आउनेबित्तिकै कांग्रेसका कुनै न कुनै जिम्मेवार नेताको नाम जोडिने गरेको छ ।

आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।