टेलिकममा पौडेललाई जोगाउन कसको आशीर्वाद

दियो पोस्ट  

काठमाडौं । नेपाल टेलिकमका प्रबन्धक निर्देशक सुनील पौडेलले भ्रष्टाचार गर्नुभएको निष्कर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगे पनि उहाँलाई जोगाउन दबाव बढेको छ । अख्तियार माथि ठुलै शक्तिले उहाँलाई जोगाउन दबाव बढाएको हो । यसका कारण केही शक्तिशाली व्यक्तिलाई पनि तानेर सुनीललाई जोगाउ बार्गेन गर्न खोजिएको छ । अख्तियार स्रोतका अनुसार सुनीलले विभिन्न शक्ति केन्द्रमाथि दबाव बढाइरहनु भएको छ । तर, अख्यिात दबाव थेगेर भए पनि मुद्दा दर्ता गर्ने तयारीमा छ ।

सुनीलमाथि राष्ट्रिय सूचना केन्द्रको निर्देशक हुँदा नेशनल पेमेन्ट गेटवेमा २५ करोड नोक्सानी पु¥याएको र १२ करोड भन्दाबढी अनियमितता गरेको निष्कर्षमा अख्तियार पुगिसकेको छ । यस विषयमा तत्कालीन गभर्नर चिरञ्जीवी नेपालसँग पनि बयान लिइएको छ । नेपाल हाल राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाकार हुनुहुन्छ । पौडेलले आफु राष्ट्रिय सूचना केन्द्रको निर्देशक हुँदा सरकारबाट नै नेशनल पेमेन्ट गेटवेयको खरिदमा रकम छुट्याइएको तर्क गरेर अरुलाई समेत तान्ने अवस्था बनाउनुभएको छ । जबकि सरकारी काम रकम विनियोजन गरेको पठाउने हो र खर्च गर्ने निकाय केन्द्र नै थियो । पौडेलसहितको टोलीले १० दिनमा खरिद प्रक्रिया पुरा गरी हतार–हतार २५ करोडको साम्रगी खरिद टुंग्याएको थियो । यसमा सिधै भ्रष्टाचार देखिएको छ जबकि खरिदनियावलीमा ४५ दिने सूचना जारी गनुपर्ने हुन्छ । किन यति चाँडो खरिद प्रक्रिया फत्ते गरियो भन्ने चासो बढेको छ ।

पौडेललाई जोगाउन एमालेको एउटा शक्ति लागेको छ– जसमा गोकुल बाँस्कोटा पनि हुनुहुन्छ । उहाँले ठुलै शक्ति प्रयोग गर्नुभएको बुझिन्छ । उहाँ केपी ओलीमार्फत अख्तियारका प्रमुख आयुक्त प्रेम राईमाथि दबाव दिइरहनुभएको छ । ओली प्रम भएकै पालामा अख्तियारका प्रमुख आयुक्तमा प्रेम राई नियुक्त हुनुभएको थिए । अख्तियारका आयुक्तहरु नै पनि विभिन्न दलका मुख्य दलका नेताहरुको कोटामा नियुक्त भए । यसकारण पनि ओलीको दबाव बढाएर पौडेल जोगिन खोज्नुभएको छ । यसका सूचना क्षेत्रमा माफिय शैलीमा सक्रिय विकल पौडेल हात धोएर लाग्नुभएको छ ।

टेलिकममा हुने अरबैंको ठेक्का र रकम भुक्तानीको खेल चलिरहेको छ । पौडेलले यसलाई पनि अस्त्र बनाउन खोज्नुभएको छ । उहाँ हुवाबेको स्वार्थमा काम गर्ने शर्तमा अख्तियारबाट जोगिन खोजिरहनुभएको छ । हुवाबेलाई फाइभ जी सम्बन्धी ट्रायलको जिम्मेवारी दिने तयारी पनि रहेको छ । हुवाबेलाई भुक्तानी गर्नुपर्ने मामलामा पनि पौडेलले खेलिरहनुभएको छ । अर्कोतर्फ, उहाँले हतार /हतार भुक्तानी र ठेक्का सम्झौता गराइहाल्न खोज्नुभएको छ । पौडेलले नेपाल दुरसञ्चारको बोलपत्र न एनडीसिएल/ डब्लुसीएसडी आईसीबी ०६/०७८–७९ को प्वाइन्ट अफ इन्टकरकनेक्ट सिस्टमको बोलपत्रमा अन्य प्रतिष्पर्धी कम्पनीलाई प्राविधिक मूल्यांकनमा छनोट नगरी चिनियाँ कम्पनी हुवाबेलाई मात्र छनोट गर्नुभएको छ । यो यस्तो संवेदनशील प्रणाली हो जसले नेपाल दूरसञ्चारको ग्राहकमा वा ग्राहबाट आउने जाने सम्पूर्ण व्यहोरा सम्हाल्छ वा राख्छ ।

आजको साप्ताहिक विमर्श पत्रिकामा खबर छ ।

TATA ADD

सिफारिस