सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसको वडा सम्मेलन सम्पन्न

दियो पोस्ट  

ओखलढुंगा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले भाद्र मसान्तसम्म प्रत्येक वडा सम्मेलन गर्न निर्देशन दिएपछि धमाधम सम्मेलन भईरहेका छ्न् । आठ वटै स्थानिय तहमा संयोजक र सहसंयोजक तोकेर पठाएको नेपाली कांग्रेसले पार्टीको सांगठानिक अवस्था र विकासका गतिविधि लगायतका जनगुनासो समाधानलाई प्रमुख प्राथमिकता दिएर सम्मेलन सम्पन्न गर्न २० बुंदे निर्देशन दिएको छ । भाद्र २० गतेदेखि ३० गतेसम्म गरिसक्नुपर्ने सम्मेलन केही स्थानिय तहका वडा बाहेक अधिकांश वडाले सम्पन्न गरिसकेका छन् ।

यसै क्रममा सुनकोशी गाउँपालिकाका दस वटै वडामा उल्लासमय वातावरणमा कार्यक्रम सम्पन्न भएको सम्मेलन संयोजक भुपेन्द्र बस्नेतले बताए । बस्नेत अनुसार भाद्र २१ गते कटुन्जेबाट सुरु भएको अभियान २६ गते बलखुको दिप्सिङमा सम्पन्न  भएको हो । वडा नम्बर १० बाट शुरु भएको सम्मेलनमा युवाका आवाज बढी आएको, राजनीति बिसङ्गतिमा तरुणहरुले खबरदारी गर्ने गरेको, जनप्रतिनिधिका गलत क्रियाकलाप विरुद्ध आफ्नो आवाज बुलन्द गरेको नेपाल तरुणका केन्द्रिय सदस्य बुद्ध लामाले बताए ।

नेपाली कांग्रेसले बिकृति, बिसङ्गतिका विरुद्ध खबरदारी गर्ने मात्र नभई आगामी दिनमा बिकास र सङ्गठन एकसाथ अगाडी बढाउने लामाले बताए । पालिकाका प्रत्येक वडामा तरुणदलको दस्ता निर्माण गरिने पनि उनले प्रष्ट पारेका छन् । सम्मेलनका दौरानमा नेपाल विद्यार्थी संघको सङ्गठनका बारेमा आएका गुनासालाई केही महिना भित्र समाधान गरिने नेपाल विद्यार्थी संघकी केन्द्रिय सदस्य बिन्दा बोगटीले बताएकी छिन् ।

सम्मेलनका दौरानमा उठेका विविध समस्याहरूको एक–एक रिर्पोट छिट्टै जिल्ला कार्यसमितिमा पेस गरिने सम्मेलनका सहसंयोजक कुमार श्रेष्ठले बताएका छन् । उनले भने, ‘जनताले औंल्याएका समस्या जस्ताको तस्तै जिल्ला कार्य समितिलाई बुझाउने छौँ ।’

सम्मेलन सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण जिम्मेवार नेताहरूलाई नेपाली कांग्रेस सुनकोशी गाउँपालिका कार्यसमितिले सम्मान गर्दै सम्मेलनको समापन गरेको छ । कार्यसतितिका सभापति विष्णु खड्का, उपसभापति द्वय सुवास तामाङ र कुमार तामाङले सम्मान गरेका हुन् ।

TATA ADD

सिफारिस