काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा कोरियन एम्वेष्टर खुल्ला एघारौं अन्तराष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । यही भाद्र २७ देखी आजसम्म संघको केन्द्रिय कार्यालय सातदोबाटोमा सन्चालित प्रतियोगिता सम्पन्न भएको हो ।
उक्त प्रतियोगितामा नेपाल तेक्वान्दो संघ ओखलढुङगाका अध्यक्ष विश्वराज वायुङ्ग राईले कास्यपदक जितेका छन् । नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायत देशबाट करिब १७ सय खेलाडीको सहभागिता रहेको नेपाल नेक्वान्दो संघले जनाएको छ ।
तेक्वान्दोेको पेम्से तर्फ ३० वर्ष माथिका उमेरसमूहमा भएको प्रतिस्पर्धामा राईलाई कास्यपदक प्राप्त भएको हो । राई नेपाल तेक्वान्दो संघको ओखलढुङ्गाका अध्यक्ष, छैटौं ब्लैक बेल्ट डान, अन्तराष्ट्रिय निर्णायक र राष्ट्रिय प्रशिक्षक हुन् । सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका राई नेपाल तेक्वान्दो संघकामा कुशल प्रशिक्षकमा गनिन्छन् ।