यातायात क्षेत्रका कर्मचारीलाई परिचयपत्र र पोसक वितरण

दियो पोस्ट  

काठमाडौं । पूर्वयातायात व्यवस्थापन प्रालिले सोमबार काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा कार्यरत यातायात क्षेत्रका कर्मचारीलाइे परिचयपत्र र पोसाक वितरण गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रलाई व्यवस्थित र सम्मानित बनाउन पोसाक र परिचयपत्र वितरण गरिएको बताए ।

‘हामी यातायात क्षेत्रका व्यवसायी र मजदुरको सुरक्षाका लागि लागेका छौं, यातायात क्षेत्रलाई सम्मानित बनाउनका लागि चालक तथा सहचालकको बोलीमा परिवर्तन ल्याउन जरुरी छ,’ उनले भने । महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले यातायात क्षेत्रका व्यवसायीको लगानीको संरक्षण गर्दै नेपालको यातायात क्षेत्रलाइ नमुना बनाउनका लागि पूर्वयातायात व्यवस्थापन प्रालिले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

महासंघका महासचिव डेकनाथ गौतमले यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि देशभरका सार्वजनिक यातायातमा कार्यरत मजदुरलाई अनिवार्य रुपमा पोसाक र परिचयपत्रको व्यवस्था गरिने जानकारी दिए । उनका अनुसार नेपालको यातायात क्षेत्रमा मध्यम तथा न्यूवर्गको १० खर्ब रुपैयाँ लगानी रहेको छ भने लाखौँ व्यक्तिलाई रोजगारी प्रदान गर्दै आइरहेको छ ।

आजको नयाँ पत्रिकामा खबर छ ।

TATA ADD