काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको संख्या घटेको छ भने राहदानी बनाउनेको संख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक हेर्दा नागरिकता बनाउनेको संख्या घटेको र राहदाी बनाउने संख्या बढ्दै गएको हो ।
गत आर्थिक वर्ष २०७९/०८० मा छ हजार ३ सय ३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । जसमा ३ सय ९६ पुरुष र २ हजार ९ सय ४२ महिलाले नागरिकता बनाएका छन् । जसमध्ये १२ जनाले वैवाहिक अंगिकृत नागरिकता बनाएका छन् । यस्तै पाँच जनाले नेपाली नागरिकताको पमाणपत्र परित्याग गरेका छन् ।
आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ५ सय १४ जनाले नागरिकता बनाएका थिए । यो एक वर्षको अवधिमा ४ हजार २ सय ५७ पुरुष र ४ हजार २ सय ५७ महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । २० जनाले वैवाहिक अंगिकृत नागरिकता बनाएका छन् । ४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरका छन् । आर्थिक वर्ष २०७७/७८ मा ५ हजार ५ सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने ६ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गेरका थिए ।
यसैबीच यहाँबाट राहदानी बनाउनेको संख्या ह्रवात्तै बढेको छ । गर्त वर्ष २०७९/०८० मा जिल्ला प्रशासन कार्यालयबाट २ हजार ६ सय ८० जनालाई राहदानी वितरण गरिएको छ । जसमा २ हजार ४ सय ९६ पुरुष र १ सय ८४ महिला रहेका छन् ।
आजको नेपाल समाचारपत्र पत्रिकामा खबर छ ।