काठमाडौं । जिल्ला अदालतको न्यायाधीशको परीक्षामा फेल भएका अधिकांश नै जिल्ला न्यायाधीशमा नियुक्ति हुनेभएका छन् । न्याय सेवा आयोगको सिफारिसमा न्याय परिषद्ल मंगलबार त्यसरी फेला भएका अधिकांशलाई न्यायाधीशमा नियुक्त गरको गरेको हो । प्रतियोगितात्मक परीक्षाबाट एकजना माात्र पास भएपछि २८ दरबन्दी रिक्त हुने अवस्था बनेपछि अन्यलाई पनि जिल्ला न्यायाधीशमा नियुक्त गरिएको हो । यसअघि, जिल्ला अदालतमा रिक्त २९ दरबन्दीका लागि २१२ जनाले लिखित परीक्षा दिएका थिए । त्यसमा एकजना मात्र पास भएपछि बाँकी रिक्त दरबन्दी पूर्ति गर्न लिखितमा फेल भएकाहरुलाई नै नियुक्त गरिएको छ ।
संविधान अनुसार जिल्ला अदालतमा रिक्त न्यायाधीश दरबन्दीको पर्दपूर्तिबारे नेपाल संविधान २०७२ को धारा १४९ मा उल्लेख छ । उक्त उपधारा २ (क) मा रिक्त दरबन्दीको २० प्रतिशत कानुनमा स्नातक प्राप्त गरी न्याय सेवाको राजपत्रंकित द्धितिय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरु मध्येबाट खुला प्रतियोगितात्मक परीक्षाका आधारमा हुने व्यवस्था छ । उपधारा २ (ग) मा बाँकी रहेका ४० प्रतिशत कानुनी स्नातक उपाधि प्राप्त गरी अधिवक्ताको रुपमा निरन्तर कम्तीका आठ वर्ष वकालत गरेका, कानुनमा स्नातक उपाधी प्राप्त गरी न्याय सेवाको राजपत्रांकित पदमा कम्तीमा आठ वर्ष काम गरेका वा कानूनको अध्यापन, अन्वेषण वा कानून वा न्यायसम्बन्धी अन्य कुनै क्षेत्रमा नागरिकमध्येबाट खुल्ला प्रतियोगितात्मक परीक्षाको आधारमा हुने भनिएको छ ।
२१० फेल हुँदा एकजना उत्तीर्ण
त्यसो त न्याय सेवा आयोगले लिएको जिल्ला न्यायाधीशको लिखित परीक्षामा सहभागि २११ जनामा २१० फेल भइरहँदा एक जना मात्र उत्र्तीण भए । आन्तरिक खुला १५ सहित खुलातर्फ सात, महिला दुई जना, आदिवासी दुई जना, मधेसी दुई जना र दलित एकजनाको कोटामा लिइएको परीक्षामा जिल्ला न्यायाधीशका लागि एक जना मात्र पास भएका हुन् । परीक्षामा सबै समूहमा गरी २११ जना सहभागी थिए । यो नतिजाले के हाम्रो मुलुकमा जिल्ला न्यायाधीशकालागि योग्य व्यक्ति छैनन् ? भन्ने प्रश्न पनि उब्जाएको छ ।
यसपटक लिखित परीक्षा उत्तीर्ण गनुभएका एक मात्र परीक्षार्थी पारशमणि पोखरेल हुनुहुन्छ । चार वर्ष अघि पनि पोखरेलले न्याय सेवा, न्याय समूहअन्तर्गत उपसचिवमा पहिलो नम्बरमा नाम निकाल्नुभएको थियो । धुसेनी इलामका पोखरेल यसपालि जिल्ला न्यायाधीशको लिखित परीक्षामा उत्तीर्ण गरेर चर्चामा हुनुहुन्छ । उहाँलाई आफन्त र साथीभाइबाट प्राप्त बधाई फर्काउन म्याइनम्याई छ । उहाँले आन्तरिक खुला र खुला दुवैतर्फ प्रतिस्पर्धा गर्नुभएको थियो । पोखरेल त्यस्ता भाग्यमानी परीक्षार्थी मानिनुभएको छ, जसले आन्तरिक र खुलामै छनोट हुनुभयो ।
जिल्ला न्यायाधीशका लागि १०० पूर्णाको परीक्षामा ५० अंक ल्याएमा उत्तीर्ण हुन्छन् । परीक्षामा परीक्षार्थीले चारवटा पात्रको जाँच दिनुपर्छ । जसमध्ये तीनवटा सैद्धान्तिक विषयमा र एउटा आदेश तथा फैसला लेखन सीप परीक्षणको पत्र हुन्छ । विधिशास्त्र, संवैधाकि कानुन र कानुन प्रणाली, देवानी कानुन र कार्यविधि, फौजदारी कानुन र फौजदारी कार्यविधि तथा मिसिल अध्ययन , फैसला लेखन र आदेश लेखन जस्ता विषयमा हरेकमा ५० प्रतिशत ल्याउनुपर्छ ।
कानुन व्यवसायी पनि उत्तीण हुँदैनन् ।
त्यसो त लिखित परीक्षामा कानुन व्यवसायीहरु पनि पास हुन सकेका छैनन् । यसपटक भएको परीक्षाका प्रतिस्पर्धीमध्ये करिब २० जना कानुन व्यवसायी थिए भने अरु न्याय सेवाका कर्मचारीहर थिए । कसैले पनि परीक्षा उत्तीर्ण गर्न सकेनन् । नयाँ संविधानले ४० प्रतिशत जिल्ला न्यायाधीश खुला परीक्षामार्फत पदपूर्ति गनुपर्ने व्यवस्था गरेको छ । त्यसयताक कुनै परीक्षामा कानुन व्यवसायीहरु पनि लिखित परीक्षामै उत्तीर्ण हुन नसकेका हुन् ।
आजको हिमालय टाइम्स पत्रिकामा खबर छ ।