काठमाडौं । वैदशिक रोजगार विभागले ४३ जनासँग तीन करोड ८२ लाख रुपैयाँ ठगी गरेको आरोपमा विस एचआर सेलुसन प्रालि (इजाजत पत्र नम्बर १४२५/०७४/०७५) को इजाजात खारेज गरिदिएको छ ।
विभागले विस म्यानपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो ।
यस म्यानपावरले मानिसहरूलाई जापान, कतार, क्रोएसिया, पोल्यान्ड, अमेरिकालगायत विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम करोडौं ठगी गरेका थिए । उक्त म्यानपावरले ४३ जनाबाट तीन करोड ८२ लाख २८ हजार ४९८ रूपैयाँ लिएका छन् ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम ठगी भएको तीन करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ पीडितहरूलाई विगो र सोको ५० प्रतिशत हर्जानासमेत भराउन माग दाबी गरी विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा अभियोगपत्र दायर गरेको छ ।